साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा ब्याग वितरण

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा ब्याग वितरण

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नम्बर २८ स्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई मिति स्कुल ब्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नुका साथै १५० थान स्कुल ब्याग , ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो ।

सो ब्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो । सो ब्याग वितरणले विद्यार्थीहरूलाई सहजता ल्याउने बैंकको विश्वास छ ।