युएईसँग नेपाल ४-० गोल अन्तरले पराजित

युएईसँग नेपाल ४-० गोल अन्तरले पराजित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विश्वकप २०२६/एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग पराजित भएको छ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो।

पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४-० गोल अन्तरले नै पराजित भएको थियो। समूह एचको शीर्ष स्थानमा रहेको युएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ।

बहराइन १० अंकसहित दोस्रो, यमन तेस्रो र नेपाल पुछारमा रहेको छ। यमनको चार अंक छ भने नेपाल अंकविहीन छ।

युएईका हरिब अब्दुल्ला सुहेलले दुई गोल गरे। अली सालेह र हाजेम मोहम्मदले समान एक गोल गरे।

खेलको पहिलो हाफको १२ र १४औं मिनेटमा सुहेलले गोल गरेका थिए। ५३औं मिनेटमा सालेह र ७५औं मिनेटमा मोहम्मदले गर्दै युएईलाई सहज जित दिलाए।