युरोकप फुटबल : इटालीको टोली घोषणा

युरोकप फुटबल : इटालीको टोली घोषणा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। इटालीका प्रशिक्षक लुसियानो स्पालेट्टीले युरोकपका लागि बिहीबार अन्तिम २६ सदस्यीय टोलीको घोषणा गरेका छन्। रिकार्डो ओर्सोलिनी, स्यामुयल रिक्की र इभान प्रोभिडेललाई बाहिर राख्दै उनले अन्तिम टोली घोषणा गरेका हुन्।

लाजियोका गोलकिपर प्रोभिडेलले भने आवश्यक परेको खण्डमा इटालीको टोलीमा फर्किन सक्छन्। यूईएफएको नियमअनुसार गोलकिपर घाइते भएमा वा बिरामी परेमा उसको टोलीले पहिलो खेलपछि पनि प्रतिस्थापन गर्न सकिन्छ।

इन्टर मिलानका डिफेन्डर फ्रान्सेस्को एसेर्बी र एटलान्टाका सेन्टर ब्याक जियोर्जियो स्काल्भिनीले चोटका कारण टोलीमा स्थान बनाउन सकेनन्।

इटाली:
गोलकिपर : जियानलुइगी डोनारुम्मा (पेरिस सेन्ट जर्मेन), एलेक्स मेरेट (नापोली), गुग्लिल्मो भिकारियो (टोटेनह्याम)
डिफेन्डरः एलेसेन्ड्रो बास्टोनी (इन्टर मिलान), राउल बेलानोभा (टोरिनो), एलेसेन्ड्रो बुओन्जियोर्नो (टोरिनो), रिकार्डो क्यालाफियोरी (बोलोग्ना), आन्द्रिया क्याम्बियासो (युभेन्ट्स), माटेओ डार्मियन (इन्टर मिलान), फेडेरिको गाट्टी (युभेन्टस), जियोभान्नी डि लोरेन्जो (नापोली), फेडेरिको डिमार्को (इन्टर मिलान), जियानलुका मानसिनी (रोमा)
मिडफिल्डर : निकोलो बरेला (इन्टर मिलान), ब्रायन क्रिस्टान्ते (रोमा), निकोलो फागियोली (युभेन्टस), माइकल फोलोरुन्शो (भेरोना), डेभिड फ्राटेसी (इन्टर मिलान), जोर्गिन्हो (आर्सनल), लोरेन्जो पेलेग्रिनी (रोमा)
फरवार्डः फेडेरिको चिसा (युभेन्टस), स्टेफन एल शारावी (रोमा), जियाकोमो रासपाडोरी (नापोली), माटेओ रेटेगुई (जेनोआ), जियानलुका स्क्यामाका (एटलान्टा), माटिया जाकाग्नी (लाजियो)