आइसीसी टि २० विश्वकप : स्कटल्यान्डले नामिबियालाई हरायो

आइसीसी टि २० विश्वकप : स्कटल्यान्डले नामिबियालाई हरायो

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। स्कटल्यान्डले आइसीसी टि२० विश्वकपको समूह चरणमा बिहीबार नामिबियालाई ५ विकेटले हराएको छ । ब्रिजटाउनमा १ सय ५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाउँदै जित निकालेको हो ।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिंग्टनले ३५ बलमा २ छक्का र २ चौका साथ नटआउट ४७ रन बनाए । माइकल लिस्कले १७ बलमा ४ चौकाका साथ ३५ रन बनाए ।

ओपनर माइकल जोन्सले ३ चौका र १ छक्कासाथ २६, ब्रान्डन म्याकमलले १७ बलमा २ चौकासहित १९ रन जोडेका थिए । नामिबियाका हेरार्ड एरास्मस २, रेविन ट्रम्पलम्यान, टानगेनी लुन्गामेनी र बर्नार्ड स्कोल्जले समान १ विकेट लिएका थिए ।

त्यसअघि नामिबियाले टस जितेर पहिले ब्याटिङ गदैै ९ विकेटको क्षेतिमा १ सय ५५ रन बनाएको थियो । नामिबियाका कप्तान एरास्मसले अर्धशतक बनाएका थिए । ३१ बल खेलेका उनले ५ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए । जेन ग्रिनले २८, निकोलस डाभिनले २०, डेभिड विसेले १४ र जान फ्रेलिन्कले १२ जोडे । स्कटल्यान्डका ब्राड ह्विलले ३, ब्रेड करीले २ तथा क्रिस सोल, क्रिस ग्रिभ्स र माइकल लिस्कले समान १-१ विकेट लिएका थिए ।

स्कटल्यान्ड २ खेलमा ३ अंकसहित समूह बीको शीर्षस्थानमा छ । अष्ट्रेलियाले १ खेलमा १ जित र नामिबियाले २ खेलमा १ खेल जित्दै समान २ अंक जोडेका छन् । स्कटल्यान्डसँगको खेल वर्षाका कारण रद्द भएपछि इंग्ल्यान्डले अंक बाडेको थियो । ओमानले २ खेलमा अंक जोड्न सकेको छैन ।