चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक

चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।अभिनेत्री पूजा शर्माले एक्शन भुमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शिर्ष भुमिका रहेको छ । फिल्मलाई रूपेश तामाङले निर्देशन गर्नुभएको हो भने देव मगर र अनुप गडाल निर्माता हुन् । फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले सुटिङको भिडियो हेर्दा अहिले पनि हात काँप्ने बताइन् । उनले बाइक चलाएर मात्रै एक्शन हुन्छ भन्नेजस्ता शिर्षकमा समाचार संप्रेषण भइरहेकोप्रति आपत्ति जनाउँदै उहाँले चलचित्र हेरिसकेपछि मन लागेको शिर्षक राख्न तर एउटा मात्रै क्लिप हेरेर शिर्षक नराखिदिन आग्रह गरिन ।

पूजाले दान्भीमा पहिलोपटक एक्शन भुमिका निर्वाह गरेकिहुन् । चलचित्र आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।