ट्वान्टी–२० विश्वकप : दुई खेलअगावै बाहिरियो न्युजिल्यान्ड

ट्वान्टी–२० विश्वकप : दुई खेलअगावै बाहिरियो न्युजिल्यान्ड

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सन् २०२१ को उपविजेता न्युजिल्यान्ड दुई खेलअगावै आइसिसी ट्वान्टी–२० विश्वकपबाट बाहिरिएको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा अफगानिस्तानले पपुवा न्यूगिनीलाई ७ विकेटले पराजित गरेसँगै न्युजिल्यान्ड विश्वकपबाट बाहिरिएको हो।

योसँगै समूह ‘सी’ बाट वेस्ट इन्डिज र अफगानिस्तान समान ६ अंकसहित सुपर ‘एट’ मा पुगेका छन्। वेस्ट इन्डिजले पपुवा न्यू गिनीलाई ५ विकेट तथा युगान्डालाई १३४ र न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको थियो।

अफगानिस्तानले युगान्डालाई १२५ र न्युजिल्यान्डलाई ८४ रनले पराजित गरेको थियो। यस समूहबाट दुई अंक जोडेको युगान्डा र अंकविहीन पपुवा न्यू गिनीपनि बाहिरिसकेका छन्। प्रतियोगिताबाट बाहिरिएपनि न्युजिल्यान्डले युगान्डा र पपुवा न्यू गिनीसँग समान एक खेल खेल्न बाँकी रहेको छ।