पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर ‘एट’मा अफगानिस्तान

पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर ‘एट’मा अफगानिस्तान

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अफगानिस्तान आइसिसी ट्वान्टी–२० विश्वकपको सुपर ‘एट’मा पुगेको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गर्दै अफगानिस्तान अघिल्लो चरणमा पुगेको हो।

समूह ‘सी’ मा अफगानिस्तानले अन्तिम खेल वेस्ट इन्डिजसँग खेल्न बाँकी रहेको छ। वेस्ट इन्डिज पनि सुपर ‘एट’मा पुगिसकेको छ।यो समूहमा अफगानिस्तानले तीन खेलमा शतप्रतिशत जितसहित ६ अंक जोड्यो। वेस्ट इन्डिजले पनि समान खेलबाट ६ अंक जोडेको छ। तर, रनरेटका कारण वेस्ट इन्डिज अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।

यस समूहबाट सन् २०२१ को उपविजेता न्युजिल्यान्डसहित युगान्डा र पपुवा न्यू गिनी बाहिरिएका छन्। वेस्ट इन्डिजले पपुवा न्यू गिनीलाई ५ विकेट तथा युगान्डालाई १३४ र न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको थियो।

अफगानिस्तानले युगान्डालाई १२५ र न्युजिल्यान्डलाई ८४ रनले पराजित गरेको थियो। यस समूहबाट दुई अंक जोडेको युगान्डा र अंकविहीन पपुवा न्यू गिनीपनि बाहिरिसकेका छन्। प्रतियोगिताबाट बाहिरिएपनि न्युजिल्यान्डले युगान्डा र पपुवा न्यू गिनीसँग समान एक खेल खेल्न बाँकी रहेको छ।