ट्वान्टी–२० विश्वकप : एक खेलअगावै विश्वकपबाट बाहिरियो श्रीलंका

ट्वान्टी–२० विश्वकप : एक खेलअगावै विश्वकपबाट बाहिरियो श्रीलंका

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। श्रीलंका एक खेलअगावै आइसिसी ट्वान्टी–२० विश्वकपबाट बाहिरिएको छ। बुधबार राति सम्पन्न खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरेसँगै सन् २०१४ को विजेता श्रीलंका प्रतियोगिताबाट बाहिरिएको हो।

यो खेल नेदरल्यान्ड्सले जितेको भए पनि श्रीलंका प्रतियोगिताबाट बाहिरिने निश्चित थियो। समूह डी मा शतप्रतिशत जितसहित ६ अंक जोडेर दक्षिण अफ्रिका शीर्षस्थानमा रहेको छ। दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। शनिबार दक्षिण अफ्रिकाले नेपालसँग खेल्दै छ।

तीन खेलबाट चार अंक जोडेको बंगलादेशले अन्तिम खेल नेपालसँग खेल्ने छ। यी दुवै खेल जिते नेपाल शीर्ष दुईमा रहेर सुपर एटमा पुग्ने छ। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा श्रीलंकासँग एक अंक बाँडेको थियो।

प्रतियोगिताबाट बाहिरिइसकेको श्रीलंकाले तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्ने छ। श्रीलंका दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो।