टोनु घोथानेको जीवन संघर्षमा आधारित गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सार्वजनिक (भिडिओसहित)

टोनु घोथानेको जीवन संघर्षमा आधारित गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सार्वजनिक (भिडिओसहित)

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष एवं अधिवक्ता टोनु घोथानेको जीवन संघर्षमा आधारित गीत ‘अष्ट्रेलियाको टोनु दाई’ सार्वजनिक भएको छ ।

उक्त गीतमा स्वर, शब्द र संगीत प्रमोद निर्वानको र संगीत संयोजन गोपाल रसाइलीको रहेको रहेको छ । उक्त गीतको म्युजिक भिडिओ हाइलाइटस नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

घोथाने लामो समयदेखि अष्ट्रेलियामा रहेर कानुन व्यवसायमा संलग्न छन् । उनी त्यहाँ रहेका नेपालीहरुको सेवामा समेत समर्पित छन् । अष्ट्रेलिया अध्ययनका लागि गएका विद्यार्थीहरुलाई आइपरेका विभिन्न समस्याहरुमा उनले ठूलो योगदान गर्दै आइरहेका छन् ।