एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन शिर्षकमा कति पाइन्छ ?

एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन शिर्षकमा कति पाइन्छ ?

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एनआईसी एशिया बैंकले असार १ गतेदेखि लागू हुने गरि शुक्रबार नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । प्रकाशित विवरण अनुसार कम्पनीले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ । गत जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर चाहिं ७.८० थियो ।

कम्पनीले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत, १ वर्षका लागि ७ प्रतिशत, १ वर्षदेखि २ वर्षमुनिका लागि ७ प्रतिशत, २ वर्षमाथि देखि ५ वर्ष मुनिका लागि ७.२५ प्रतिशत ५ वर्ष र सोभन्दा माथिका लागि ७.६९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यसका साथै कम्पनीलेसंस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । कम्पनीले असार महिनाका लागि संस्थागत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ६.६९ प्रतिशत प्रदान गर्ने भएको छ । जेठ महिनामा भने कम्पनीले संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.८० प्रतिशत ब्याज दिएको थियो ।

यसैगरी,कम्पनीले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ५.३५ प्रतिशत, १ वर्षका लागि ५.९० प्रतिशत,१ वर्षमाथि देखि ५ वर्ष मुनिसम्म ६ प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिका लागि ६.६९ प्रतिशत ब्याजदर कायम गरेको छ।

अधिकांश वाणिज्य बैंकले असार महिनाका लागि ब्याजदर घटाएका छन्। १९ वटा वाणिज्य बैंकहरुले शुक्रबार ब्याजदर सम्बन्धि सूचना प्रकाशित गरेका छन् । ती बैंकमध्ये ११ वटा बैंकको ब्याजदर घटेको छ त्यस्तै पाँच वटा बैंकको भने स्थिर छ । त्यस्तै तीन वटा बैंकले भने ब्याजदर बढाएका छन् ।