गाँजालाई वैधानिकता दिन एक महिनाभित्र कानुनी व्यवस्था हुन्छः गृहमन्त्री लामिछाने

गाँजालाई वैधानिकता दिन एक महिनाभित्र कानुनी व्यवस्था हुन्छः गृहमन्त्री लामिछाने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिनाभित्र आवश्यक कानुनी प्रबन्ध गर्ने बताएका छन् । आफ्नो मन्त्रालयले सय दिनमा गरेको कामबारे जानकारी दिन शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजालाई वैधानिकता दिन नीति बनाउनुपर्ने बताए ।

उपप्रधानमन्त्री लामिछानेले एक महिनाभित्र त्यसको एउटा राम्रो कानुनी प्रावधान निर्माण गर्ने बताए । उनले कानूनी प्रबन्ध हुनसाथ निश्चित क्षेत्रमा त्यसको अनुसन्धानको काम पनि सुरु गर्ने बताए ।