डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर

डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिशहोम फाइबरनेटले नेपालले खेल्ने विश्वकपको समूह चरणको बाँकी २ खेल अघि ७२ घण्टे नयाँ अफर ल्याएको छ । आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत (भोली) शनिबार बिहान ५ः१५ बजे साउथ अफ्रिकासँग आफ्नो तेस्रो खेल खेल्दै छ ।

यस्तै, असाढ ३ गते बिहान ५ः१५ बजे बाङ्लादेशसँग आफ्नो चौथो खेल खेल्ने भएको छ । यी दुई खेलहरुको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ ।

डिशहोम फाइबरनेटकोले शुक्रबार ‘ईतिहास रच्न तयार गोर्खाली’ शीर्षकमा यो ७२ घण्टे नयाँ अफरको घोषणा गरेको हो । रिचार्ज गर्नको लागि ग्राहकहरुले आफू नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस् गज्जबको अफरको फाइदा उठाउन सक्नेछन् ।

साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । थप जानकारीको लागि ग्राहकवर्गले ९८०१५४४००० मा सम्पर्क गर्न सक्नेछन् । यो विशेष ७२ घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।