नेताहरु चन्दाकै पछि दौडिएको विप्लवको आरोप

नेताहरु चन्दाकै पछि दौडिएको विप्लवको आरोप

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्दले कम्युनिस्ट पार्टीका नेताहरु चन्दा माग्दै हिँडेको भनेर गम्भीर टिप्प्णी गरेका छन् । नेपालका कम्युनिष्ट नेताहरूको उदय श्रमिककै बलमा भएपनि नेतृत्व तहमा पुगेका नेताहरूले श्रम गर्न छोडेको र चन्दा माग्न हिँडेको आरोप लगाए ।

शनिबार काठमाडौंमा आयोजित ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

उनले भने, ‘कम्युनिस्ट पार्टीको उदय अथवा समाजवाद श्रमिककै बलमा आयो । तर मालिक भएपछि नेतृत्वले श्रमिक बन्न छोडेको देख्यौँ । मालिक मात्र बन्ने चेतनाले शोषण मात्रै ग¥यो । कम्युनिस्ट पार्टीमा नेता बन्दै गएपछि श्रम नगर्ने देखिँदै आएको छ । मास्टर डिग्री गरेको छ, तर १० हजार रुपैयाँका लागि चन्दा माग्दै धाउने गरेका छन् । यो एउटा परम्परा बन्दै गएको देखिएको छ ।’