कोपा अमेरिकामा लियोनल मेस्सीको कीर्तिमान

कोपा अमेरिकामा लियोनल मेस्सीको कीर्तिमान

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्जेन्टिनी स्टार तथा कप्तान लियोनल मेस्सीले कोपा अमेरिकाको उद्घाटन खेलमा क्यानडाविरुद्ध खेल्दै नयाँ कीर्तिमान कायम गरेका छन्। शुक्रबार बिहान भएको खेलमा क्यानडाविरुद्ध खेल्दै ३६ वर्षिय मेस्सीले सर्वाधिक कोपा अमेरिका खेल्ने खेलाडीको सूचीमा आफूलाई उभ्याएका छन्।

सन् २००७ मा कोपा अमेरिकाम डेब्यु गरेका मेस्सीको क्यानडाविरुद्धको खेल ३५ औँ खेल हो। योसँगै उनले चिलीका सर्जियो लिभिङस्टोनको कीर्तिमान तोडेका हुन्। सर्जियोले कोपा अमेरिकाको ६ सिजनमा ३४ खेल खेलेका थिए। उनीपछि ब्राजिलका जिजिन्होले ३३ खेल खेलेका छन्।

सन् १९५३ यता चिलिका गोलरक्षक सर्जियो सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान आफ्नो नाममा गरेका थिए। तर मेस्सीले सात दशक लामो कीर्तिमान तोडेका हुन्। सन् २००७ पछि मेस्सीले ६ पटक कोपा अमेरिकाको उपाधि उचालेका छन्।

अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने मेस्सी एक्ला खेलाडी हुन्। अन्तराष्ट्रिय फुटबलमा मेस्सीले १ सय ८ गरेका गरेका छन्। उनी अघि पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डोले १ सय ३० गोल गरेका छन्।