आइसिसी ट्वान्टी-२० विश्वकप : प्याट कमिन्सको ह्याट्रिक विकेट

आइसिसी ट्वान्टी-२० विश्वकप : प्याट कमिन्सको ह्याट्रिक विकेट

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्याट कमिन्सले ह्याट्रिक विकेट लिएसँगै आइसिसी ट्वान्टी-२० विश्वकपमा बंगलादेश १४० रनमै समेटिएको छ।

सर विवियन रिचर्ड्स स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४० रन बनाएको हो।

बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४१ रन बनाए। तौहीद हृदोय ४० र लिटनकुमार दास १६ रनमा आउट हुँदा तस्किन अहमद १३ रनमा अविजित रहे।

अस्ट्रेलियाका प्याट कमिन्सले १८औं ओभरको पाँचौ तथा छैटौं र २०औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरे। एडम जाम्पाले दुई विकेट लिँदा मार्कस स्टोयनिस, ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले समान एक विकेट लिए।