सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,

सिटिजन्स बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्ने यो सेयर इच्छुकले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

तोकिएको समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।