नेपाल मसलन्द तथा शौक्षिक सामाग्री उद्योग संघ काठमाडौंद्वारा आयोजित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न

नेपाल मसलन्द तथा शौक्षिक सामाग्री उद्योग संघ काठमाडौंद्वारा आयोजित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल मसलन्द तथा शौक्षिक सामाग्री उद्योग संघ काठमाडौं क्षेत्र कार्य सामतिको आयोजनामा पारिवारीक भेटघाट तथा मनोरञ्जनात्मक कार्यक्रम सफल भएको छ । उक्त कार्यक्रम मिलन रायमाझीको संयोजकत्वमा आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल मसलन्द संघका केन्द्रीय अध्यक्ष निमनाथ फुयाल, वरिष्ट उपाध्यक्ष विजेन्द्र विक्रम शाह साथै केन्द्र र क्षेत्रका विभिन्न तहका पदाधिकारी, पारिवारिक सदस्यहरु गरि ६२ जनाको उपस्थिति रहेको थियो । पारिवारिक माहोललाई समेटिएको उक्त कार्यक्रममा सहभागीहरुले ठमेलको छायाँ सेन्टरमा रहेको हलमा चलचित्र ‘पुजार सार्की’ हेरेका थिए । सो पश्चात उनीहरु डिनरमा सहभागी भएका थिए ।

साथै, कार्यक्रममा उपस्थितहरूले सकरात्मक प्रतिक्रिया दिँदै चलचित्र समय सान्दर्भिक, स्वच्छ अभिनय, समाजका घटनाहरू प्रस्तुत गर्दै सन्देशमुलक रहेको बताए । उनीहरुले आयोजकप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमले अझ व्यवसायीहरुलाई प्रोत्साहन एकीकृत गराउने उनीहरुले बताए ।

संयोजक एवं नेपाल मसलन्द संघका क्षेत्रीय सदस्य रायमाझीले कार्यक्रम भव्य रुपमा सफल भएको बताए । उनले आगामी दिनमा पनि यस्ता प्रकारका कार्यक्रमहरु आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे ।