टिकटकको विकल्पमा आयो नयाँ नेपाली एप ‘नेप्ले’

टिकटकको विकल्पमा आयो नयाँ नेपाली एप ‘नेप्ले’

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नो सिर्जनशीलता देखाउन र मनोरञ्जन लिन उपयोगी कलाकारिताको ‘मिनी थिएटर’ मानिएको भिडियो एप ‘नेप्ले’आधिकारिक रूपमा सार्वजनिक भएको छ । विश्वव्यापी सामाजिक सञ्जालको अनुभवलाई स्थानीयकरण गर्ने टिकटक जस्ता एपबाट प्रेरणा लिई आफूलाई अभिव्यक्त गर्न, आफ्नो समुदायसँग जोडिन र नयाँ, आकर्षक सामग्रीहरू पत्ता लगाउन नेप्ले एप सार्वजनिग गरिएको हो ।

नेप्लेका कार्यकारी अधिकृत बिकिरण सिम्खडाका अनुसार नेपाली संस्कृतिलाई झल्काउने र समुदायको भावनालाई बलियो बनाउने सामाजिक भिडियो एपको ठूलो मागको आधारमा नेपालमा सार्वजनिक गरिएको नेप्ले एपमार्फत प्रयोगकर्ताहरुले भरपुर मनोरन्जन लिन सक्नेछन् । यसले नेपालीहरूलाई आफ्नो प्रतिभा देखाउन, आफ्नो कथा साझा गर्न, रमाइलो र अन्तरक्रियात्मक तरिकामा एकअर्कासँग जोडिन एउटा प्लेटफर्म प्रदान गर्ने उनले बताए।

नेप्लेले प्रयोगकर्तालाई उच्च–गुणस्तर र आकर्षक भिडियोहरू सिर्जना गर्न सक्षम बनाउँदै प्रयोगकर्ता मैत्री इन्टरफेस र सम्पादन उपकरणहरू रहेकाले एपमा आफ्नो भिडियोहरु अपलोड गर्न र साथीहरुलाई समेत शेयर गर्न सकिने उनले जानकारी दिए। सार्वजनिक एपमार्फत हाँस्यव्याङ्ग्य भिडियोदेखि नृत्य शृङ्खलासम्म र आश्चर्यजनक दृश्यदेखि र हृदयस्पर्शी क्षणहरू सम्मलाई आफ्नै विशिष्ट तरिकाले व्यक्त गर्न सकिनेछ ।

नेप्ले एपमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल इडिट गर्न, फोटो तथा भिडियो सजिलै अपलोड गर्न, ह्यासट्याट एण्ड मेन्सन गर्न, च्याट गर्न, धेरै भाषा छनौट गर्न र सोसल लगइन गर्न सकिने विशेषता रहेका छन् । यसको लागि प्लेस्टोरमा गएर नेप्ले एप निःशुल्क डाउनलोड गर्न सकिनेछ ।

निःशुल्क रुपमा नेप्ले एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

यस्ता छन् नेप्लेका विशेषता

नेपालमा निर्मित, नेपालको लागि निर्मित नेप्लेले नेपाली संस्कृतिको सूक्ष्मताहरू बुझ्दछ र विशेष गरी स्थानीय रुचिहरू पूरा गर्नेछ ।
नेप्लेलाई नेपाली प्रतिभालाई चम्कन र फराकिलो नेपाली दर्शकसँग जोडिन एउटा मञ्चको रुपमा प्रयोग गर्न सकिनेछ ।
नेप्ले समूह सबै नेपालीहरूलाई स्वतन्त्र रूपमा आफूलाई व्यक्त गर्न सकारात्मक र समावेशी वातावरण सिर्जना गर्न प्रतिबद्ध छ।
आफ्नो नयाँ मौलिक गीत, कला, संस्कृती देखाउन, आफूलाई हास्य कलाकारको रुपमा प्रस्तुत गर्न, नेपालको सुन्दरता कैद गर्न रमाउन, आपन्त तथा धेरै भन्दा धेरै साथीभाईसँग जोडिन नेप्लेले डिजिटल प्लेटफर्म प्रदान गरेको छ ।