पूर्वविश्व नम्बर एक नोभाक जोकोभिच सेमिफाइनलमा

पूर्वविश्व नम्बर एक नोभाक जोकोभिच सेमिफाइनलमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पूर्वविश्व नम्बर एक नोभाक जोकोभिच विम्बल्डन टेनिसको पुरुष सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्।

हिप इन्जुरीका कारण एलेक्स डी माइनरले नाम फिर्ता लिएपछि उनी अन्तिम चारमा पुगेका हुन्। अस्ट्रेलियाका नवौं वरीयताका डि मनोरले सेन्टर कोर्टमा जोकोभिचविरुद्धको क्वार्टरफाइनल खेलअघि प्रतियोगिताबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए।

‘पक्कै पनि यो मैले गर्न चाहेको घोषणा होइन,’ डी माइनरले भने। उनले सोमबार चौथो राउन्डमा आर्थर फिल्सलाई ६–२, ६–४, ४–६, ६–३ ले हराएका थिए। त्यो खेल सकिएसँगै उनले असहज महसुस गरेका थिए।

यो वाकओभरसँगै जोकोभिचले १३औं पटक विम्बल्डनको सेमिफाइनलमा स्थान बनाएका छन्। यस्तै, पुरुष एकलमा रोजर फेडेररको कीर्तिमानीसमेत बराबरी गरेका छन्।

दोस्रो वरीयताका जोकोभिचले विम्बल्डनको पुरुष एकलमा कीर्तिमानी २४ ग्रान्डस्लाममध्ये सात उपाधि जितेका छन्। जोकोभिचले फाइनल प्रवेशका लागि शुक्रबार टेलर फ्रिट्ज र लोरेन्जो मुसेट्टीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।