टर्बो गेमिङ डिस्प्ले चिपसहित जीटी २० प्रो नेपाली बजारमा

टर्बो गेमिङ डिस्प्ले चिपसहित जीटी २० प्रो नेपाली बजारमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । इन्फिनिक्सले जीटी २० प्रो नेपाली बजारमा लन्च गरेको छ । यो नयाँ स्मार्टफोन युरोप, मध्य पूर्व र अफ्रिका (ईएमईए) र मध्य र दक्षिण एशिया (सीएसए) क्षेत्रहरूमा प्रतिष्ठित पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा रहेको छ ।

यस फोनमा मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ, जुन ४ एनएम ओक्टाकोरको साथ आउँछ । यसमा १२जीबी एलपीडीडीआर ५ एक्स र्‍याम र यूएफएस ३.१ २५६ जीबी स्टोरेजको साथ पाइन्छ ।

यसले पब्जी मोबाइलमा १२० एफपीएस समर्थन गर्दछ । पिक्सेल वर्क्ससँग साझेदारी गरेर एक्स फाइभ टर्बो गेमिङ डिस्प्ले चिप समावेश गरेको छ ।

यसमा ४५ वाट सुरक्षित चार्जिङसहित ५,००० एमएएच ब्याट्री रहेको छ । यो फोनमा १०८ एमपी ओआईएस मुख्य सेन्सर, २ एमपी टेलिफोटो लेन्स र २ एमपी म्याक्रो लेन्स सहितको क्वाड–क्यामेरा सेटअप छ। ३२ एमपी फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फीहरू र उच्च गुणस्तरीय भिडियो कलहरू सुनिश्चित गर्दछ।

यो फोन मेचा ब्लू, ओरेन्स र सिल्भर रङहरूमा उपलब्ध छ। यो स्मार्टफोनको मूल्य १२ं२५६ जीबीको लागि ४७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो मोबाइल आउटलेटहरू र अनलाइनमा दराजमार्फत खरिद गर्न सकिनेछ ।