प्रजिना बनिन् ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता

प्रजिना बनिन् ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ मा प्रजिना गुरुङले शीर्ष उपाधि हात पारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद रु १ लाख जितेकी हुन् ।

यसको साथै निर्भया फाउन्डेसनको वूमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् । त्यसैगरी उक्त प्रतियोगितामा रिदम राईले दोस्रो स्थान प्राप्त गरेकी छन् भने सुजिता डंगोल तेस्रो भएकी छन् ।

वूमन ईन कन्सर्ट २०२४ को शीर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा रहेको टीभीएस एनटर्क रहेको थियो । सन् २००३ मा स्थापना भएदेखि नै रक ब्यान्ड अभया एन्ड स्टीम इन्जिनका प्रख्यात गायिका तथा गीतकार अभया सुब्बाद्वारा स्थापना गरिएको वूमन ईन कन्सट महिला संगीतकारहरूको लागि काम गर्दै आएको छ ।