हसरंगाले दिए कप्तानी पदबाट राजीनामा

हसरंगाले दिए कप्तानी पदबाट राजीनामा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले टी–२० अन्तर्राष्ट्रियको कप्तानीबाट राजीनामा दिएका छन्। हसरंगाले यस्तो निर्णय गरेको समयमा भारत यसै महिनाको अन्त्यमा तीन टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्न श्रीलंका जाँदैछ । भारत र श्रीलंकाबीचको यो शृंखला टी-२० बाट सुरु हुनेछ, जसको पहिलो खेल २६ जुलाईमा खेलिनेछ।

श्रीलंका क्रिकेट बोर्डका अनुसार हसरङ्गाले आफ्नो राजीनामा पत्रमा भनेका छन्, ‘एक खेलाडीको हैसियतमा श्रीलंकाका लागि म सधैं आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु र साथसाथै टोली र नेतृत्वलाई पनि पूर्ण समर्थन गर्नेछु ।’