आफूमाथि लगाइएको नीतिगत भ्रष्टाचारको आरोप पुष्टि गर्न अर्थमन्त्री पुनको चुनौती

आफूमाथि लगाइएको नीतिगत भ्रष्टाचारको आरोप पुष्टि गर्न अर्थमन्त्री पुनको चुनौती

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चार दलका राष्ट्रियसभा सदस्यहरूले जारी गरेको प्रेस विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठक स्थगित भएपछि प्रतिपक्षीमा रहेका दलहरूले अर्थमन्त्री पुनले नीतिगत भ्रष्टाचार गर्न लागेको पोल खुल्ने भएपछि बैठक सूचना टाँसेर स्थगित गरेको आरोप लगाएका थिए ।

एमाले प्रमुख सचेतक भगवती न्यौपाने, नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जसपा सचेतक मृगेन्द्रकुमार सिंह र लोसपा दलको नेता शेखरकुमार सिंहले एक विज्ञप्तिमार्फत अर्थमन्त्री पुनले नीतिगत भ्रष्टाचार गर्न लागेको पोल खुल्ने भएपछि राष्ट्रियसभा बैठक स्थगित गरिएको आरोप लगाएका थिए । उनीहरूले वक्तव्यमा अर्थमन्त्री पुनले गम्भीर असहति र आपत्ति जनाएको उनका प्रेस सल्लाहकार दयानिधि भट्टले बताएका छन् ।

जहाँसम्म वक्तव्यमा उठाइएका केही गम्भीर आरोपहरूको सन्दर्भ छ, त्यसमा माननीय मन्त्रीज्यूको गम्भीर असहति र आपत्ति रहेको छ । आफ्नै दलका नेताले ह्विप जारी गरेर प्रतिनिधिसभाबाट पारित भएको विधेयकमाथि राष्ट्रियसभामा संशोधन दर्ता गर्नु र मन्त्रीमाथि तथ्यहीन र अधारहीन आरोप लगाउनु भनेको आफ्नै दलमाथि र आफैँमाथिको समेत आरोप हो । विज्ञप्तिमा लगाइएका निराधार, कपोलकल्पित र राजनीतिक आग्रह प्रेरित आरोपमा कुनै सत्यता नरहेको स्पष्ट गर्दै माननीय मन्त्रीज्यूका तर्फबाट आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु, उनले भनेका छन् ।