माल्दिभ्समा सोमपाल कामीको अलराउन्ड प्रदर्शन

माल्दिभ्समा सोमपाल कामीको अलराउन्ड प्रदर्शन

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले माल्दिभ्स ट्वान्टी–२० प्रिमियर लिगमा अलराउन्ड प्रदर्शन गरेका छन् ।

मिलान क्रिकेट एकेडेमीबाट प्रिमियर लिग खेलिरहेका उनले शनिबार सम्पन्न व्ययान्सा क्लवबिरुद्धको खेलमा तीन ओभर बलिङ गर्दै १४ रन खर्चिएर तीन विकेट लिए ।

उनकै यो सानदार प्रदर्शन प्रेरित मिलानले व्यान्सालाई सात विकेटले पराजित गरेको छ ।

जारी प्रतियोगिताको मिलानको यो चौथो जित हो । इकुवेनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

मिलानका सोमपाल र लिम शफिकले समान तीन/तीन विकेट लिए । १३६ रनको लक्ष्य मिलानले १८.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । मिलानका ओपनर युसुफ अज्यानले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए ।

मोहम्मद अजाम ३२ रनमा आउट हुँदा १४ बल खेलेका सोमपालले अविजित रहँदै तीन चौकासहित २० रन प्रहार गरे ।