स्प्लेन्डरको आषाढ महिनामा माइलेज च्यालेन्ज क्याम्प सम्पन्न

स्प्लेन्डरको आषाढ महिनामा माइलेज च्यालेन्ज क्याम्प सम्पन्न

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा हिरो मोटरसाइकल र स्कुटरको एकमात्र वितरक सी.जी. मोटर्सले दुई पाङ्ग्रे सवारी उद्योगका लागि इन्धन दक्षता र कार्यसम्पादनमा नयाँ बेन्चमार्क स्थापित गर्दै सुपर स्प्लेन्डरको आषाढ महिनामा माइलेज च्यालेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न गरेको गर्वका साथ घोषणा गरेको छ ।

सुपर स्प्लेन्डरको विरासत यसको प्रदर्शनको सन्दर्भमा, माइलेजले नेपाली बजारमा वर्षौंदेखि प्रभुत्व जमाएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार विरासतलाई निरन्तरता दिन र आफ्ना ग्राहकहरूमाझ उत्साह ल्याउन विभिन्न डिलरशिपहरूमा माइलेज च्यालेन्ज क्याम्प सञ्चालन गरिएको थियो ।

हिरो मोटो कर्पका अध्यक्ष डा. बृजमोहन लाल मुञ्जालको १०० औँ जन्म जयन्ती समारोहलाई सम्मान गर्दै यो माइलेज च्यालेन्जीहरू सञ्चालन गरिएका थियौं, जहाँ विजेताहरूले उत्कृष्ट माइलेज मेट्रिक्स हासिल गरेका थिए । जसअनुसार सीजी हिरो नेपालगन्जबाट विजेता जगदीश चौधरीे ९७.५४ किलोमिटर, सीजी हिरो कावासोतीबाट टिकाराम कँडेलल ९०.२७ किलोमिटर प्रतिलिटर, सी जी हिरो विराटनगरबाट, उपेन्द्र मुखियो ८.७ किलोमिटर प्रतिलिटर र सीजी हिरो बुटवलबाट कमल पन्थीे ९०.३२ किलोमिटर प्रतिलिटर विजेता घोषणा भए ।

असार २०८१ मा आयोजित यस माइलेज च्यालेन्जमा सुपर स्प्लेंडरका लोयल ग्राहकहरूले वास्तविक संसारमा आफ्ना सवारी साधनहरूको इन्धन दक्षता परीक्षण गर्न सहभागी भएका थिए ।