अफगानिस्तानमा बर्षा र असिनाका कारण ३५ जनाको मृत्यु २३० घाइते

अफगानिस्तानमा बर्षा र असिनाका कारण ३५ जनाको मृत्यु २३० घाइते

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफगानिस्तान । अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ ।

नङ्गरहारको सूचना तथा संस्कृति विभागले घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरुको ज्यान गएको पुष्टि गरेको छ ।

विभागको रिपोर्ट अनुसार मृतक तथा घाइतेलाई उद्धार गरी नङ्गरहार केन्द्रीय तथा प्रान्तीय अस्पतालमा लगिएको छ ।

प्रारम्भिक रिपोर्टहरूले लगभग ४०० घरहरू ध्वस्त भएको सङ्केत गरेका छन्, जसले बासिन्दा र व्यवसायलाई आर्थिक क्षति पुर्यायाएको छ । यद्यपि, स्थानीय अधिकारीहरूले तथ्याङ्क अझ बढ्न सक्ने बताएको खामा प्रेसले जनाएको छ ।

प्राकृतिक प्रकोप पछि, प्रभावित समुदायमा तत्काल प्रभाव कम गरी उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेको स्रोतले जनाएको छ ।

तीव्र वर्षा र असिनाबाट भएको विनाशले प्रभावित मानिसको पीडा कम गर्न तथा क्षतिग्रस्त पूर्वाधार पुनःस्थापना गर्न ठोस राहत उपायहरूको आवश्यकतालाई औल्याएको छ ।

खामा प्रेसका अनुसार प्रभावित परिवार तथा समुदायको समर्थनमा जोड दिँदै अधिकारीहरूले उद्धार र पुन : प्राप्ति प्रयास जारी राखेका छन् भने आवश्यक सहयोग प्राप्त गर्न सुनिश्चित गर्नमा ध्यान केन्द्रित गरिरहेका छन् । (रासस /एएनआई)AFP/Getty Images