नेपाल टेलिकमले ल्यायो मनसुन अफर, के–के सुविधा ?

नेपाल टेलिकमले ल्यायो मनसुन अफर, के–के सुविधा ?

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल टेलिकमले साउन १ देखि लागु हुनेगरी मनसुन अफर सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

टेलिकमको अनुसार प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको रु. १९९ देखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन् । यस अन्तर्गत रु. १९९ मा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले रु. २९९ मा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएस सहितको कम्बो २९९ प्याक र रु. ४९९ मा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउनेछ ।

टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत रु. ६९९ मा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुबिधा थप गरी उक्त प्याकहरुलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ ।

डाटा प्याक अन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका रु. २९ देखि रु. ९९९ सम्मका १ जीबी देखि १०० जीबी सम्म रिसोर्स सहितका बिभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन् । पोस्टपेडमा भने रु. ३७३ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुनेछ ।

कम्पनीले अन–नेट अर्थात कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै रु. ४९ मा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र रु. ५९ मा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा रु. १९९ मा भ्वाइस तथा डाटा सुबिधा सहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ ।

यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेज लगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरु समेत सञ्चालन गरिने टेलिकमले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट एस्ट्रे१४१५ह्याज कि डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।