त्रिशूली दुर्घटनामा हराइरहेका बसका थप २ यात्रुको शव भारतमा भेटियो, सनाखत हुन बाँकी

त्रिशूली दुर्घटनामा हराइरहेका बसका थप २ यात्रुको शव भारतमा भेटियो, सनाखत हुन बाँकी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । सिमलताल दुर्घटनामा बेपत्ता भएकामध्य थप २ जनाको शव भारतमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेर नेपाललाई बुझाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । शवको पहिचान भइसकेको छैन । गत शुक्रवार चितवनको सिमलतालमा काठमाडौँबाट रौतहट जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बस लेदोसहितको परेर बेपत्ता भएको थियो। बसमा ६५ जना यात्रु सवार रहेकोमा ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना बेपत्ता छन्।