सीजी नेटको अत्याधुनिक प्रविधिमा आधारित सेवा सञ्चालनमा

सीजी नेटको अत्याधुनिक प्रविधिमा आधारित सेवा सञ्चालनमा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सीजी नेटले उच्च गतिको अत्याधुनिक वाईफाई–६ उपकरणसहितको सेवा घोषणा गरेको छ । यो उपकरणले विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा भन्दा बढी उच्च गतिका साथ एकै पटकमा १५ देखि २० जनासम्म प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट चलाउने चाहनालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।

सुलभ मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रदान गरिरहेको सीजी नेटले हाललाई यो प्रविधि र सेवा काठमाडौँ उपत्यका बाहिरका आफ्नो सेवा विस्तार भएका स्थानहरूमा उपलब्ध गराएको छ । आफ्ना विद्यमान ३५० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट सेवा लिइरहेका ग्राहकलाई ३५० एमबीपीएस गतिको इन्टरनेट सेवा लिन चाहेको खण्डमा यही श्रावण ११ गते सम्मको लागि निःशुल्क यो प्रविधि उपलब्ध गराउने घोषणा कम्पनीले गरेको छ ।

बाँकी ग्राहकहरूको लागि ६६६ एमबीपीएस इन्टरनेटको वार्षिक १९ हजार ४४९ र ६६७ एमबीपीएस इन्टरनेट र आईपी टिभीको २३ हजार ७०१ तिरेर जडान गर्न सक्ने जनाएको छ । आफ्ना आधुनिक इन्टरनेट प्रयोगकर्ताको उच्च मागलाई सम्बोधन गर्न यो सेवा सुरुवात गरेको कम्पनीको भनाई छ ।