एनसीएचएललाई ‘सर्टिफिकेट अफ मेरिट’

एनसीएचएललाई ‘सर्टिफिकेट अफ मेरिट’

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेश्नल वेस्ट प्रिजेन्टेड अवार्ड’ पाएको छ । आईक्यानले आयोजना गरेको वार्षिक कार्यक्रममा एनसीएचएलले सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ पाएको हो ।

एनसीएचएलले आर्थिक वर्ष २०७९–८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । अघिल्ला वर्षहरूमा समेत एनसीएचएलले आईक्यान तथा दक्षिण एसियन फेडेरेसन अफ अकाउन्ट्स (साफा) बाट वेस्ट प्रिजेन्टेड अनुअल रिपोर्टस अवार्ड पुरस्कार पुरस्कार प्राप्त गरेको थियो ।

एनसीएचएल नेपाल राष्ट्र बैङ्क तथा बैङ्क वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो । एनसीएचएलले हरेक वर्ष पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्फको प्रतिबद्धताको सम्मान स्वरूप उक्त अवार्डलाई लिएको छ ।

एनसीएचएलमा मा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायत १०० भन्दा बढी इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन् ।