वीर अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका स्वास्थ्यमन्त्री पौडेलको आग्रह

वीर अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका स्वास्थ्यमन्त्री पौडेलको आग्रह

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिने बताएका छन् ।

वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढिने बताएका हुन् । उनले स्वास्थ्य संस्थाको विकासका लागि आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको जिकिर गरे ।

स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने उनको भनाइ छ । उनले मन्त्री, कर्मचारी वा बिभिन्न पदमा पुगेकाहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै जनताका विषयमा कुनै सम्झौता गर्न नहुने धारणा राखे ।

न्याम्स र वीर अस्पतालमा कुनै विवाद हुन नहुने भन्दै दुवैलाई सहज रुपमा अघि बढाउने गरि मन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।

उनले वीर अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि आग्रह गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।