पेरिस ओलम्पिक : अर्जेन्टिनाको पहिलो जित

पेरिस ओलम्पिक : अर्जेन्टिनाको पहिलो जित

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अर्जेन्टिनाले पेरिस ओलम्पिक पुरुष फुटबलमा पहिलो जित निकालेको छ। शनिबार राति भएको समूहचरणको दोस्रो खेलमा अर्जेन्टिनाले इराकमाथि ३–१ को सहज जित हासिल गरेको हो।

जितसँगै अर्जेन्टिनाले नकआउट चरणको ढोका खुला गरेको छ। समूहचरणको पहिलो खेलमा मोरक्कोसँग अर्जेन्टिना २–१ ले पराजित भएको थियो। अर्जेन्टिनाको समूहचरणको तेस्रो तथा अन्तिम खेल युक्रेनसँग खेल्नेछ।

१४औं मिनेटमा थियागो अल्माडाले गोल गर्दे अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। तर, पहिलो हाफको निर्धारित समय सकिन केही मिनेट बाँकी रहँदा एमेन हुसैनले गोल फर्काए।

६२औं मिनेटमा लुसियानो गोनडोउले गोल गर्दै अर्जेन्टिनालाई पुन: अग्रता दिलाए। ८५औं मिनेटमा इजेक्वेल फर्नान्डेजले गोल गरेपछि अर्जेन्टिना सहज जितनजिक पुगेको थियो।