नेपाली कांग्रेसका युवा नेता प्रकाश श्रेष्ठ सम्मानित

नेपाली कांग्रेसका युवा नेता प्रकाश श्रेष्ठ सम्मानित

साझा पेज
598
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रकाश श्रेष्ठलाई नेपाली कांग्रेस अर्घाखाँची सम्पर्क समितिले सम्मान गरेको छ ।

शनिबार काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाली कांग्रेस अर्घाखाँची सम्पर्क समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मानित गरे।

राजनीति र समाजसेवामा सक्रिय रहेर महत्वपूर्ण योगदान पुर्याएको भन्दै श्रेष्ठलाई यो सम्मान दिइएको हो । श्रेष्ठ नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य हुन्।  उनि  राजनीतिसंगै समाज सेवा र विभिन्न व्यवसायमा पनि सक्रिय छन्।

श्रेष्ठ विगेन नेपालका संस्थापक अध्यक्ष पनि हुन् । उनको नेतृत्वमा विगेन नेपालले नेपालभर दैनिक करिब १२ हजारभन्दा बढी व्यक्तिहरूलाई हाड जोर्नी, नसा च्यापिएको, ढाँड र गर्दनको दुखाइ, दम, सुगर, प्रेसर, कोलेस्टेरोल, प्यारालाइसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत, र महिनावरी समस्याबाट पीडित व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापी सेवा प्रदान गर्दै आएको छ।

कार्यक्रममा पुष्पा भुसाल, मुक्तिराम श्रेष्ठलगायतका नेपाली कांग्रेसका नेताहरूको उपस्थिति रहेको थियो।