कोड एभाटर ह्याकाथन–२०२४ मा क्लटरकट र एपिक एआईले जिते १०/१० लाख रुपैयाँको सिड इनभेष्टमेन्ट

कोड एभाटर ह्याकाथन–२०२४ मा क्लटरकट र एपिक एआईले जिते १०/१० लाख रुपैयाँको सिड इनभेष्टमेन्ट

साझा पेज
13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवीनता र रचनात्मक कार्यको उद्देश्यसहित कोड एभाटर टेक प्रालिद्धारा आयोजित तीन महिना लामो दि कोड एभाटर ह्याकाथन–२०२४ को उपाधि क्लटरकट एण्ड एपिक एआईले जितेका छन् । उनीहरुले १०÷१० लाख रुपैयाँ राशिको सिड ईनभेष्टमेन्ट फण्ड प्राप्त गरेका हुन् ।

इभेन्टले नेपाली प्राविधिक समूदायमा नेपाली प्रतिभाशाली युवालाई एकै थलोमा उभ्याउन सफल भएको थियो । इभेन्टले प्रतिष्पर्धी, मेन्टर्स र प्यानेल जजेजलाई समेत एकसाथ प्रस्तुत गरेको थियो । कार्यक्रमको सुरुवात भने कोडएभाटरका सिईओ तथा सह–संस्थापक डा. राजेन्द्र डंगालको सम्बोधनमार्फत सुरुवात गरिएको थियो । उनले भनेका थिए,‘कोडएभाटर हाम्रो प्रतिभाशाली टोलीको सपना र जोशलाई धरातलीय बास्तविकतामा रुपान्तरण गर्न समर्पित छ । हामीले रोजगारी उपलब्ध गराउनेमात्रै होईन, प्रत्येक व्यक्तिमा उद्यमशीलताको भावना जगाउने लक्ष्य राखेका छौं ।’

प्रत्येक टोलीलाई उनीहरूको उत्पादन (प्रोडक्ट) प्रदर्शन गर्न र उनीहरूले यसलाई कसरी मापन गर्ने योजना प्रस्तुत (स्केल) गर्न ७ मिनेटको समय दिइएको थियो। शो’केसमा राखिएका परियोजनाहरूले अहिले विश्वले भोगिरहेका बास्तविक चुनौतीहरूको यथार्थ समाधान दिएका थिए । यसरी राखिएका प्रोडक्टहरुमा डार्क स्काउट, फ्यान्टासी धारा लिग, एपिक एआई टुल्स, क्लटरकट, एडस्टोर, सासहन्ट, र डु–कम्पेटिटर रहेका थिए ।

जसमध्ये, डार्क स्काउट चाहीँ साना तथा मझौला उद्योग (एसएमबिएस) का डार्क वेवहरुको मनिटरिङ र त्यहाँ आउने रियल टाईम चूनौतिहरु हेर्ने प्लाटफर्म हो । जहाँ निखिल केस र ह्यारिस कुँवर सहभागी थिए । उनीहरुलाई कोडएभाटर र मायाहोल्ड ग्रुपका संस्थापक तथा अध्यक्ष दिनेश सिलवालले मेन्टर गरेका थिए ।

फ्यान्टासी धारा लिग गेमिफाईड प्रणाली हो, जसले संगठनात्मक दक्षता र कर्मचारी संलग्नता बढाउनको लागि हो । जसमा मच्छिन्द्र न्यौपाने, रामकुमार तामाङ र रमेश तिमल्सेना सहभागी थिए भने क्रिस्पकल प्रडक्टका प्रमुख विवेक हाडा मेन्टरको भूमिकामा थिए ।

यस्तै, एपिक एआई टुल्स एआई र उदीयमान प्रविधिहरूमा विशेष सफ्टवेयर समाधानहरू खोज्नको लागि उपयोगी प्लेटफर्म हो। जहाँ आदित्य आचार्य र उज्जल खड्का सहभागी थिए। कोडएभाटरका को–फाउण्डर र डाईलाक्सीका सिटिओ दिवाकर घिमिरे मेन्टरको भूमिकामा थिए ।

त्यस्तै, क्लटरकट प्रत्यक्ष च्याट–डाटालाई योग्य अन्तर्दृष्टिमा रूपान्तरण गर्नका लागि एआई–संचालित उपकरण हो । जसमा अभिषेक रेग्मी, कुशल सरकार र प्रख्याँत श्रेष्ठ सहभागी थिए । प्रोगेसिभ ल्याब्सका फाउण्डर प्रकाश भेटुवाल उनीहरुको मेन्टर थिए ।

यस्तै, एडस्टोर चाहीँ मार्केटिङ प्रोफेशनल्सका लागि आवश्यक उच्च प्रदर्शन गर्ने सामाजिक मिडिया विज्ञापनहरूको पुस्तकालय हो । जहाँ सरु श्रेष्ठ, रितेश थापा र निरोज पौडेल सहभागी थिए । उनीहरुको मेन्टरको भूमिकामा निश्चल खरेल थिए । खरेल र्याडियनका को–फाउण्डर हुन् ।

सासहन्ट सास उत्पादन वेबसाइटहरू र मोबाइल एप इन्टरफेस डिजाइनहरूको पुस्तकालय फिचर गर्ने डिजाइनरहरू र उद्यमीहरूका लागि बनाइएको एउटा खोजमूलक प्लेटफर्म हो। जहाँ अमन करानजित, आयुष श्याः र सुशान्त रौनियार सहभागी थिए । उनीहरुको मेन्टरको भूमिकामा नवीन अधिकारी थिए । अधिकारी इजी फाईलिङका सिईओ र फाउण्डर हुन् ।

डो–कम्पेटिटर लिंकडेनमा प्रतिस्पर्धीहरूको गतिविधिहरू ट्र्याक गर्ने उपकरण हो। जहाँ भुवन दाहाल, रोशन पौडेल र शरद भट्टराई सहभागी थिए । उनीहरुको मेन्टरमा विवेक हाडा थिए । उनी क्रिस्पकलका प्रोडक्टर अनर हुन् ।

उक्त ईभेन्टको निर्णायक मण्डलमा भने शिक्षाविद् र उद्योग–विशेषज्ञहरु थिए । काठमाडौं विश्वविद्यालयका विज्ञान तथा ईन्जिनियरिङ विभागका कार्यवाहक प्रमुख पंकजराज दवाडी, कालिमाटीमा रहेको काठमाडौं ईन्जिनियरिङ कलेजका कम्युटर ईन्जिनियरिङका विभागीय प्रमुख सुदिप शाक्य, थापाथली क्याम्पसका इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर ईन्जिनियरिङका विभागीय प्रमुख उमेशकान्त घिमिरे, सोफ्टारिका कलेजका किरण राणा, नामी कलेजका निश्चल खड्का र पुल्चोक क्याम्पसका संजीवन सत्याल थिए ।

कोडएभाटरले नवप्रवर्तन र उद्यमशीलताको संस्कृति बसाल्नको लागि युवा प्रतिभाहरूलाई आफ्ना विचारहरूलाई प्रभावकारी समाधानहरूमा रूपान्तरण गर्न र यस किसिमका प्रतिस्पर्धाहरूमार्फत निरन्तर सिकाइ र वृद्धिलाई समर्थन गर्ने समुदायलाई प्रोत्साहन गर्ने काम गरिरहेको छ ।

कोडएभाटरले प्राविधिक उत्साहीहरूका लागि निरन्तर समर्थनमार्फत नवीनतालाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको छ । निकट भविष्यमै यस्तै ह्याकाथनहरू सञ्चालन गर्नेगरि आफ्नो क्यालेण्डरमा समावेश गरेको छ ।