नर्मदेश्वरमा सम्पन्न खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी ए लाई

नर्मदेश्वरमा सम्पन्न खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी ए लाई

साझा पेज
13
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा । ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वमा सम्पन्न खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधि चम्पादेवी गाउँपालिका टिम ए ले जितेको छ। उपाधिसँगै चम्पादेवी ए ले नगद रु १ लाख ५५ हजार ५५५ सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगिताको फाइनल खेलमा चम्पादेवी ए ले आयोजक लिखु गाउँपालिका टिम ए लाई ३-१ को सेट अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। उपविजेता बनेको लिखु गाउँपालिका टिम ए ले नगद रु ९९ हजार ९९९ सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

तेश्रो स्थानको प्रतिस्पर्धामा रामेछाप नगरपालिकाले लिखु तामाकोशी गाउँपालिकालाई ३-१ सेटमा पराजित गर्दै तेश्रो स्थान हासिल गर्यो। तेश्रो स्थान प्राप्त गरेको रामेछाप नगरपालिकाले नगद रु ५५ हजार ५५५ सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। चौथो स्थानमा रहेको लिखु तामाकोशी गाउँपालिकाले नगद रु २२ हजार २२२ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

प्रतियोगिताका व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी घोषित हुनेहरूमा रामेछाप नगरपालिकाका हेमन्त मगर बेस्ट सेटर, लिखु गाउँपालिकाका प्रकाश पौडेल बेस्ट स्पाइकर, लिखु तामाकोशी गाउँपालिकाका रोशन मगर बेस्ट सर्भर, चम्पादेवी गाउँपालिका टिम ए का शीबराम मगर बेस्ट डिफेन्डर तथा लिखु गाउँपालिका टिम ए का तेज बहादुर खड्का (इकु) बेस्ट ब्लकर घोषित भए। उनीहरू प्रत्येकले नगद रु २५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

त्यस्तै, प्रतियोगितामा चम्पादेवी गाउँपालिका टिम ए का खेलाडी शसित मगर उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु ५५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति संघीय सांसद रामहरि खतिवडाको अनुपस्थितिमा गाउँपालिका अध्यक्ष अशोक कुमार कार्की, उपाध्यक्ष अस्मिता थापा लगायतका अतिथिहरूले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

“पूर्वाधार तथा पर्यटन विकासका लागि नर्मदेश्वर महोत्सव” भन्ने मूल नाराका साथ फागुन १० देखि १४ गतेसम्म पाँच दिने ऐतिहासिक नर्मदेश्वर महोत्सव सम्पन्न भएको थियो। उक्त महोत्सवकै अवसर पारेर खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो।