बीवाईडी हाई–टेक विक सुरु, प्रदर्शनीमा राखिए पाँच नयाँ मोडेलका कार

बीवाईडी हाई–टेक विक सुरु, प्रदर्शनीमा राखिए पाँच नयाँ मोडेलका कार

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बीवाईडी अटो इन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इन्क प्रालिको ‘बीवाईडी हाई–टेक विक २०२५’ काठमाडौंमा बुधबारदेखि सुरु भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इन्क प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इन्ककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठलगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरूको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको हो ।

इभेन्टको प्रमुख आकर्षणको रूपमा बीवाईडीका अत्याधुनिक सवारीसाधन याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड९जीटी, डेन्जा डी९ र बीवाईडी सार्क ६ नेपालमा पहिलोपटक प्रदर्शनीमा राखिएको छ । यी गाडीहरूले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारीसाधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फर्मेन्स र इन्नोभेसनद्वारा सुसज्जित रहेको बताइएको छ ।

बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरू

इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् ।

१. ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट

बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।

२. ई–प्लेटफर्म ३.० को प्रस्तुतिबीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्टसहित उपलब्ध छ ।

३. डेन्जा जेड९जीटी कम्पास टर्न र एक्स्ट्रिम टर्न प्रदर्शन

सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी, सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ पनि देख्न सकिन्छ ।

४. एफसीबी बाओ ५ स्पिड बम्प र सस्पेन्सन टेस्ट

जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम यसले देखाएको छ ।

५. याङवाङ यु८ ई४ प्लेटफर्म र डिसस– पी

यसमा क्रान्तिकारी लाग्ने ट्याङ्क टर्न फिचर पाउन सकिन्छ, जुन ई४ प्लेटफर्मबाट सञ्चालन हुन्छ । यसले सुपेरियर अफरोड पर्फर्मेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउँछ ।

त्यसैगरी, डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी र एडेप्टिबिलिटी उपलब्ध गराउँछ ।

मोबिलिटीको भविष्यमा अग्रगामी बन्दै

अटोमोटिभ इन्नोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक विकले पुनःपुष्टि गर्ने एक प्लेटफर्मको रूपमा कार्य गर्नेछ । यसमा शोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिज्ममा बीवाईडीको नेतृत्वलाई जोड दिन्छन् ।

इभेन्टको अवसरमा बोल्दै साइमेक्स इन्क प्रालिका चेयरम्यान अनिल श्रेष्ठले भने, ‘न्यु इनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सीमाहरूलाई बीवाईडीले लगातार रूपमा पार गरिरहेको छ । हालसम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने हाम्रो भिजनको एक झलक बीवाईडी हाई–टेक विक हो । यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्नेछ ।’

बीवाईडी हाई–टेक विक आगामी २ मार्चसम्म चल्नेछ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुनेछन् । उक्त इभेन्टको टिकट ई–सेवामा उपलब्ध रहेको तथा विद्यार्थीहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।