राष्ट्रपतिद्वारा गृष्मकालीन पेरिस ओलम्पिक खेल्ने खेलाडीको बिदाइ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरूलाई शुभकामनासहित विदाइ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न…