काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, केही दिनमै लोकार्पण गरिने

– पूर्णप्रसाद मिश्र, काठमाडौँ, ६ मङ्सिर (रासस) : विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएर पेटी र काठको बार लगाउने काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा रहेकाले केही दिनमा सम्पन्न गरेर लोकार्पण गर्ने तयारी गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ…