योगऋषि स्वामी रामदेवले महान सुपुत्रलाई यस धर्तीमा जन्म दिनुहुने आमाबुवा भाग्यमानी भएको बताउनुभएको छ । स्याङ्जाको वालिङ–६ भरुवास्थित आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजका पिता जयबल्लभ सुवेदीको आज आयोजित चौरासी पूजामा उहाँले यस्ता महान सुपुत्र जन्माउने भाग्यमानी आमाबुवाको यसरी नै १०० वर्ष हर्सोल्लाससहित जन्मदिवस मनाउन पाइयोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो । सोही अवसरमा आचार्य बालकृष्णजी महाराजले…