तनहुँको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले ४० वर्षपछि देवघाट परिक्रमा गरिएको छ । संसारकै दुर्लभ धार्मिक तीर्थ देवघाटको धार्मिक महत्वको सम्बद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा देवघाटधाम गण्डकी परिक्रमा गरिएको हो । विसं २०३८ मा सुरुवात गरिएको देवघाटधाम गण्डकी परिक्रमालाई निरन्तरता…