सात वर्ष बित्दासमेत सम्पन्न भएन नगरकोट सडक

–सञ्चिता घिमिरे, काठमाडौँ, १ मङ्सिर (रासस) : निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ । उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा एकातिर पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ । भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक वर्ष २०७०÷७१ मा सुरु भएकामा अझै सम्पन्न हुन नकसकेको हो…