सभामुख अग्नीप्रसाद सापकोटाले जनगणनाको काम भइरहेकाले सबैलाई सही तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्नुभएको छ । राष्ट्रिय जनगणना लिन गएको राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागको टोलीसँग कुरा गर्दै उहाँले घरघरमा आउने गणकलाई सही जानकारी दिएर सहयोग गर्न सम्पूर्णमा आग्रह गर्नुभएको हो । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले तथ्याङ्क सङ्कलन मात्र होइन यसको प्रयोग…