बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट एक लाख ७५ हजार सहयोग

काठमाडौँ, २१ कात्तिक (रासस) ः कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाको सहयोगका लागि रु एक लाख ७५ हजार सहयोग जुटेको छ । तिहारका अवसरमा देउसी भैलो खेली सहयोग जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिनुभयो । गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब २००…