जिल्ला बजार अनुगमन समितिले आज काभ्रेपलाञ्चोकको बनेपा बजारमा गरिएको अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गर्ने पसल सञ्चालकलाई जरिवाना गरेको छ । पशु बधशाला सञ्चालकलाई बधशाला दर्ता गरेर मात्रै सञ्चालन गर्न पनि निर्देशन दिएको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको टोलीले खाद्यान्न, मासु, कस्मेटिकलगायतका पसलको अनुगमन गरेको हो । अनुगमनका…