गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता मजबुत पार्न प्रदेशप्रदेशबीचको सहकार्य आवश्यक भएकामा जोड दिनुभएको छ । प्रदेश नं २ का मुख्यमन्त्री राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले औपचारिक भेटवार्ताका क्रममा त्यस्तो धारणा राख्नुभएको हो । मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा सम्पन्न भेटवार्तामा मुख्यमन्त्री पोखरेलले संविधानतः मुलुक सङ्घीय लोकतान्त्रिक…