दादुराको सङ्क्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भए÷नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताउनुभयो । जाँचबाट थप दुई जनामा दादुरा सङ्क्रमण भएको फेला परेको उहाँले बताउनुभयो । दादुरा सुरुवा रोग हो । गाउँ–गाउँमा गएर बालबालिकामा दादुरा सङ्क्रमणको अवस्था बुझने क्रम…