बाजुराको बूढीनन्दा नगरपालिका–३ मेलढुस्काकी एक गर्भवतीको ज्यान जोखिममा रहेको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी सोही नगरपालिका–३ मेलढुस्काकी २२ वर्षीया रमिता बोहराको बच्चा जन्माउन नसक्दा ज्यान जोखिममा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । गर्भवती बोहराको पाठेघरमा समस्या भएकाले कोल्टीमा सुत्केरी गराउन नसकिने भएपछि घरको आर्थिक अवस्था कमजोर भएकाले रिफर गरिएको भए पनि…