पाटन अस्पतालमा कोरोना संक्रमणबाट आमा बितेको चार दिनपछि कुनै पनि रोग नभएका छोराको पनि मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमणबाट आमा बितेको चार दिनपछि कुनै पनि रोग नभएका छोराको पनि मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना ४० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । मृतक भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका -७ नगदेश निवासी रहेको पाटन अस्पतालले जनाएको छ।

कोरोना संक्रमणकै कारण उनकी आमाको चार दिन अगाडी गत भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो । मृतक पुरुषमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, गर्भवती पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरू भने सबै होम आइसोलेसनमा रहेका छन्।

मृतक पुरुषको गत भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएपछी पाटन अस्पतालको आइसोलेसनमा उपचाररत थिए । भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मंगलबार राति मृत्यु भएको हो । उनमा कुनै रोगको समस्या नभएको बताइएको छ।