नेप्से परिसूचक आज करेक्सनतर्फ

लगातार उकालो लागिरहेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने ‘करेक्सन’ भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.७९ अङ्कले घटेर दुई हजार ४२३.०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ४.५८ अङ्कले घटेर ४४७.२४ मा पुगेको छ । आज कूल २०७ कम्पनीको एक करोड ९६ लाख छ…