धनगढी, फाल्गुन २३। हिमालयन शेर्पा क्लब धनगढीमा जारी पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा शेर्पाले आयोजक एवं साविक विजेता सुदुरपश्चिम–११ लाई २–१ गोलले हरायो । सेमिफाइनलमा शेर्पाको भेट मनाङ मर्स्याङ्दी क्लबसँग हुनेछ । शेर्पाको जितमा पिस्टन मुटाम्बा र सुरेश कुमालले गोल गर्नुभयो । सुदुरपश्चिम–११ ले…